Wednesday Sep 09, 2026


काँग्रेसले दिएको विश्वासको मत प्रचण्डलाई कति सहज ?

Image
२७ पुष २०७९, बुधवार
Avatar
नेपालि खबर

काठमाडौं । चामत्कारिक रुपमा अकल्पनीय विश्वासको मत पाएपछि उब्जिएको आशंका चिर्नको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारलाई विश्वासको मत दिने सन्दर्भमा नेपाली कांग्रेससँग कुनै पनि सहमति नभएको स्पष्ट पारे । केही दिनअघि आफूलाई धोका दिएर एमालेसँग गठबन्धन गरेको नेकपा माओवादी केन्द्रलाई उल्टै विश्वासको मत दिएर राजनीतिमा रोचक र दुर्लभ घटना देउवाले घटाइदिएका छन् ।  

प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गरेपछि सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले भनेका छन् ुमैले हिजो पनि सिङ्गो सदनको विश्वासको मत प्राप्त गर्छु भनेको थिएँ । त्यो अनुमानमा आधारित थियो तर, आज भने यथार्थतामा परिणत भयो । यसले मलाई ऊर्जा दिएको छ ।ु प्रधानमन्त्री दाहालले संसद्मा पाएको अपार समर्थनले गर्व र ठूलो चुनौती थपिएको महसुस गरेको पनि बताए । उनले भने, “मैले जे प्रतिबद्धता जाहेर गरेको छु त्यो पूरा गर्न विश्वासको मतले जिम्मेवारी र चुनौती थपेको छ ।”

यस्तै सञ्चारकर्मीसँगको कुराकानीमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले समग्र मुलुकको परिस्थितिको मूल्याङ्कन गरेर आफूहरूले विशिष्ट निर्णय लिएको बताए । उनले विसं २०५१ मा पनि तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीलाई विश्वासको मत दिएको सन्दर्भ जोड्दै अहिले पनि त्यस्तै विशिष्ट निर्णय लिएको जानकारी दिए । काँग्रेस र माओवादीको बीचमा के आदानप्रदानको सहमति भयो रु त्यो बाहिर आएको छैन । तर काँग्रेसले दिएको विश्वासको मतले प्रधानमन्त्री प्रचण्डलाई सत्ता गठबन्धनमा भने धेरै सहज हुने विश्लेषण गरिएको छ । 

धारा ७६-२ अनुसार बनेको प्रचण्ड नेतृत्वको सरकार यसअघिसम्म नेकपा एमालेले समर्थन फिर्ता लिएको खण्डमा स्वतस् ढल्ने अवस्था थियो । तर काँग्रेसले समर्थन गरेको अवस्थामा एमालेले समर्थन फिर्ता लिएको खण्डमा पनि सरकार ढल्ने अवस्था रहँदैन । त्यसैले एमालेले गर्ने हरेक बार्गेनिङमा एस मेन बनेर सरकारको नेतृत्व गर्नुपर्ने बाध्यताबाट प्रचण्ड पछि हटेका छन् । त्यसैले प्रचण्डको लागि यो एक हिसाबले अवसर पनि हो । त्यति हुँदाहुँदै पनि प्रचण्डमाथि यति धेरै समर्थनको चुनौती पनि उस्तै धेरै छ । केही सहमति छैन भन्दै गर्दा पनि नेपाली काँग्रेसले सहजै एमालेलाई राष्ट्रपति दिन चाहिरहेको छैन । यस्तो अवस्थामा काँग्रेसलाई राष्ट्रपति दिनको लागि प्रधानमन्त्री प्रचण्डले माग गर्नुपर्ने अवस्था देखिएको छ । त्यसो हुँदा एमालेसँग कुरा बिग्रिने जोखिम पनि उस्तै देखिन्छ । 

त्यसैले यति धेरै विश्वासको मत प्रचण्डलाई केही सहज भए पनि त्योभन्दा धेरै चुनौतीको विषय पनि हो । जसलाई उनले कसरी सुल्झाउँछन् भन्ने आम चासोको विषय हो ।

Advertisement

सम्बन्धित खबर