Saturday Jun 06, 2026


क्रुर समाजका दुई तस्बिरः बाँकेमा पेट्रोल छर्किएर बच्चाको हत्या, श्रीमती घाईतेः पोखराको आत्मदाह रहस्यपुर्ण

Image
१६ माघ २०७९, सोमवार
Avatar
नेपालि खबर

जिल्ला ब्युरो । बाँकेमा एक जनाले पेट्रोल छर्किएर आगो लगाउँदा उनका दुई वर्षका छोराको ज्यान गएको छ भने श्रीमती घाइते भएकी छिन्  ।

कोहलपुर नगरपालिका वडा नम्बर २ शक्तिनगरका ३० वर्षीय भानुभक्त विकले हिजो बेलुका श्रीमती गंगा र छोरा प्रिन्सलाई पेट्रोल छर्किएर आगो लगाएका जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । प्रहरीका अनुसार गंगाले  छोरालाई बोक्नु भएको थियो ।

आगोले जलेका बालकको उपचारका क्रममा भेरी अस्पताल नेपालगञ्जमा बिहान ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । घाइते गंगाको उपचार भइरहेको छ । श्रीमती र बच्चालाई आगो लगाउने भानुभक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

पोखरामा आत्मदाह प्रकरण थप शंकास्पद बन्दै

यसैबीच, पोखरा महानगरपालिका–१३ स्थित काहुँखोलाको एक घरमा हिजो बिहान जलिरहेका दुई जनाको उद्धार गरिएको घटना थप रहस्यपुर्ण बनेको छ । मादी ताप्राङ घर भई काहुँखोलामा स्टेसनरी पसल गर्दै आएका ४५ वर्षीय कृष्णबहादुर क्षत्री र सोही घरकी घरधनी संगीता सापकोटा जलिरहेको अवस्थामा छिमिकीले उद्धार गरी अस्पताल पु¥याएका थिए । अहिले जलेर घाईते संगीताको अवस्था गम्भीर रहेको छ भने कृष्णको अवस्था सुधारउन्मुख रहेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी सुवास तिमिल्सिनाले महिलाको अवस्था गम्भीर भएको बताएका छन् ।

प्रहरीका अनुसार पुरुषले आफूले आत्महत्या प्रयास गर्दा संगीता बचाउन आएको बयान दिएको भएपनि घटना रहस्यपुर्ण देखिएको छ ।  प्रहरीले सुरुमा आत्मदाह प्रयास भनेपनि जलिरहेको अवस्थामा पुरुष अर्धनग्न रहेकाले घटना छानवीनले अर्कै मोड लिएको हो ।

प्रहरीले, उनीहरूको पारिवारिक सम्बन्ध, घटनास्थललगायत विविध कुरामा  अनुसन्धान गरिरहेको र घाईतेको स्वास्थ्यमा सुधार आएपछि थप तथ्य उजागर हुने प्रहरीको भनाई छ । 

पहिलो प्राथमिकता भनेको दुवैको ज्यान जोगाउनु हो, प्रहरीले भनेको छ घाइतेहरूको उपचारलाई प्राथमिकता दिनुपर्छ बाँकी अनुसन्धानका पाटाहरू हुन्छन् । घाइतेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

जलिरहेका दुवै जनाको उद्धारमा खटिएका रामचन्द्र सापकोटा र बुद्धिबहादुर सापकोटाले नग्न अवस्थामा जलेको देखिएको बयान दिएका छन् ।  सोही स्थानमा व्यवसाय सञ्चालन गर्दै आएका रामचन्द्रले आफूले घरबेटीलाई मात्र देखेको तर कृष्ण क्षत्रीलाई नदेखेको बताएका छन् । 

पसल खोल्न लाग्दा आफुले सुरुमा एक्कासि महिला चिच्याएको आवाज सुनेको र त्यसपपिछ आवाज आएकोतिर हेर्दा आगो बलिरहेको देखेको उनले बयान दिएका छन्   त्यसपछि चिच्याए गुहार माग्दै आगो लागेकोतिर जाँदा घरको चेन गेट खुला थियो ।

जालीवाला ढोका भित्रबाट चुकुल लगाएको अवस्थामा थियो । त्यसपछि अन्डरग्राउन्ड बाट पनि माथि जाने बाटो नभेटीएपछि जालीवाला ढोकालाई लात्तीले हानेर फोडेको र भित्र पुग्दा नांगै शरीरमा आगो रन्किएको देखेको उनको बयान पछि प्रहरीले अनुसन्धानको दायरालाई फराकीलो बनाएको हो ।  त्यति बेलासम्म संगीता ठाडै जलिरहेको र उनको शरिरको आगो नियन्त्रणमा लिएपछि अस्पताल लैजानका लागि ट्याक्सी लिएर फर्किंदा अर्को व्यक्ति पनि जलेको भेटिएको उनले बताएका छन् ।

प्रहरीका अनुसार सुरुमा कृष्ण क्षत्री महिला जलिरहेको कोठामा थिएनन् पछि  बाथरुममा उनि देखिएका थिए ।  उनको शरिरमा पनि  कपडा केही थिएन । भित्री बस्त्रमात्रै लगाएको अवस्थामा जलिरहेका थिए । 

अर्का उद्धारकर्ता बुद्धिबहादुर सापकोटाले पनि महिलाको शरीरमा लागेको आगो नियन्त्रण गरेपछि बाथरुममा समेत आगो लागेको देखेको बताएका छन् । उक्त स्थानमा पुग्दा पुरुष जलिरहेको अवस्थामा ति जलिरहेका पुरुष आफैं बाल्टीबाट पानी हालिरका थिए, उनले भनेका छन् । बुद्धिका अनुसार कृष्णको हात, खुट्टा र अनुहार जलेको छ । संगीताको भने शरीर पूरै जलेको छ ।

यो घटना पछि प्रहरीले घाईते संगीताका श्रीमानसँग पनि बयान लिएको छ । उनका श्रीमानले, आफू मर्निङवाकमा निस्केको गएको १० मिटेनमा घर भित्र यो घटना भएको बताएका छन् । उनले, घटनालाई कृष्णले आत्मदाहको प्रयास गरे भनेजस्तै सतह बाट मात्रै नलिन र यसलाई संगीताको हत्या गर्न खोजेको घटनाका रुपमा लिन आग्रह गरेका छन् । 

घटना कृष्ण बसेको कोठामा भएको हो । घरधनी संगीता पहिलो तलामा बस्छिन् । संगीताका श्रीमानले, कृष्णको परिवारसँग पारिवारिक नाताजस्तै सम्बन्ध रहेको थियो । 

यसैबीच, कास्कीको पोखरा महानगरपालिका–१३ काहुँखोलामा आत्मदाह प्रयास गरेका पुरुषलाई बचाउन गएकी महिलाको निधन भएको छ।


आइतबार बिहान काहुँखोला स्थित संगीता सापकोटाको घरमा भाडामा बस्दै आएका ४५ वर्षीय कृष्ण क्षेत्रीले सोही घरमै रहेको बेलामा आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका थिए। आफैंलाई आगो लगाएको देखेकी करिब ४० वर्षीया संगीताले तत्काल नै क्षेत्रीलाई बचाउने प्रयास गरिन्। तर क्षेत्रीको शरीरको आगो संगीताको शरीरमा पनि फैलियो र दुवै जना आगोमा जलिरहे।


आगोमा दुई जना जलिरहेको देखेपछि छिमेकीहरूले तत्कालै आगो नियन्त्रणमा  लिएर उनीहरूलाई उपचारको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेका थिए । करिब ७० प्रतिशत भन्दा बढी भाग जलेको अवस्थामा संगीतालाई आइसीयुमा राखेर उपचार गरिएको भए पनि सोमबार मध्यान्ह उनको मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीले बताए।


उनी बचाउन नै गएकी थिइन् वा दुवै जना एकै पटक जल्नुमा कुनै कारण थियो भन्ने बारेमा विभिन्न शङ्काहरू बाहिरिएका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीले भने घटनाका विषयमा अनुसन्धान चलिरहेको र प्रारम्भिक रूपमा महिला बचाउन गएको देखिएको बताएको छ।


आत्मदाह प्रयास गरेका कृष्णको अवस्थामा भने केही सुधार भएको  र अवस्था सामान्य रहेको प्रतिष्ठानले बताएको छ। उनले आफूले किन आत्मदाह प्रयास गरेको हुँ भन्ने कारण नबताए पनि आफ्नै इच्छा अनुसार मर्न प्रयास गरेको र आफूलाई बचाउन गएकी घरबेटी संगीताको कुनै दोष नभएको बताएका छन्। कृष्णले सोही घरमा स्टेशनरी व्यवसाय गर्दै आएका थिए।


शरीरमा पहिले आगो लागेका व्यक्तिभन्दा बचाउन गएकी संगीताको शरीर बढी जलेका कारण घटना शंकास्पद बनेको छ।


Advertisement

सम्बन्धित खबर