Tuesday Apr 21, 2026


लिङदेनको चियापानले जुरायो कमल थापासँगको हार्दिकता

Image
३१ असोज २०७९, सोमवार
Avatar
नेपालि खबर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आयोजना गरेको चियापान कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि उपस्थित भएका छन् ।

३०१ औं पृथ्वी जयन्ती एवम् एकता दिवसमा आयोजित कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका थापाबीच हार्दिकता देखिएको छ ।

एकता दिवसमा आयोजित चियापानमा उनीहरुबीच करिब एक वर्षपछिको हार्दिकता देखिएको हो । २०७८ मंसिरमा भएको राप्रपाको महाधिवेशनबाट आफू अध्यक्षमा पराजित बनेपछि थापाले पार्टी छोड्ने निर्णय गरेका थिए । २०७८ माघ २५ गते एक विज्ञप्ति जारी गर्दै आफूले राप्रपा परित्याग गरेको थापाले घोषणा गरेका थिए । थापा र उनको पार्टीले उनी स्वयमले नराम्रोसँग पराजित हुँदा राप्रपाले भने उल्लेख्य संख्यामा विजय हासिल गर्‍यो ।

गत माघयता यी नेताहरुबीच औपचारिक भेटघाट एवम् सदासहायता देखिएको थिएन । आज भने राप्रपाको चियापनमा थापा उपस्थित माात्रै भएनन् अध्यक्ष लिङ्देनसँग हार्दिकतापूर्ण अंगालो मात्रै फोटोका लागि मुस्कुराए ।

उसो त सामाजिक सञ्जालमा सक्रिय थापाले भने लिङदेनलाई विभिन्न समयमा कटाक्ष गर्दै आइरहेका छन् । हिजोमात्रै उनले राप्रपाले सरकारमा सहभागी भएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको विषयमा राप्रपाले राजतन्त्रको विषय छोडेको टिप्पणी गरेका थिए ।

‘संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्दै सुशासन र समृद्धिको निम्ति सरकारलाई समर्थन गर्न प्रम पुष्पकमल दाहालले गर्नुभएको अनुरोध शिरोधार्य गरी सरकारलाई समर्थन गर्ने राप्रपाको निर्णय रमाइलो लाग्यो’, उनले लेखेका छन्, ‘अन्ततः राजसंस्थालाई ‘डिपफ्रिज’ मा थन्काएर उहाँहरू पनि लोकतन्त्रको बाटोमा आउनु भयो ।’

Advertisement

सम्बन्धित खबर