Wednesday Sep 09, 2026


मन्त्री छान्न कांग्रेसले बोलायो बैठक

Image
१३ चैत २०७९, सोमवार
Avatar
नेपालि खबर

काठमाण्डौ।नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। 


मन्त्रिमण्डलमा सहभागी हुनेको नाम टुंगो लगाउन कांग्रेसले समितिको बैठक बोलाएको हो। बैठक भोलि बिहान ९ बजे पार्टी कार्यालय सानेपामा बस्नेछ। 


बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि बोलाइएको पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए।


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रो पटक विश्वासको मत लिएको एक हप्ता पुग्दा पनि सत्तारुढ दलले मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन्। प्रधानमन्त्री प्रचण्डले १६ मन्त्रालयको भार बोकेको झण्डै दुई महिना पुग्न लागेको छ। कांग्रेसमा मन्त्रीका आकांक्षी बढी हुँदा मन्त्रीमा जानेको नाम टुंगो लगाउन सकस परेको छ।

यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनका दुई शीर्ष नेतासँग भेट गरेका छन्। सोमबार प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेका हुन्। 


उनीहरूबीच मन्त्रिमण्डल विस्तार, मन्त्रालयको भागबन्डा लगायतका विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ। साथै भोलि दिउँसो ४ बजे मन्त्रिमण्डल विस्तारबारे छलफल गर्न १० दलको बैठक बोलाउने समझदारी भएको सचिवालयले जनाएको छ। 

Advertisement

सम्बन्धित खबर