Thursday Sep 10, 2026


शान्ति सम्झौता विपरीतका गतिविधिको सामूहिक प्रतिवाद गर्ने माओवादी घटकको निर्णय

Image
२६ फागुन २०७९, शुक्रवार
Avatar
नेपालि खबर

काठमाडौं : माओवादी घटकहरूको बैठले शान्ति प्रक्रियाविरुद्ध षड्यन्त्र भइरहेको निष्कर्ष निकाल्दै दबाबमूलक कार्यक्रम गर्ने निर्णय गरेको छ। शुक्रबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकले  शान्ति प्रक्रियाको उल्लंघन गर्ने खालका प्रवृत्तिको खण्डन गर्ने निर्णय गरेको छ।


बैठकपछि प्रतिक्रिया दिँदै माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले पछिल्लो समय शान्तिप्रक्रिया उल्लंघन गर्ने प्रवृत्ति देखिएकोप्रति आपत्ति जनाए।


उनले फागुन २८ गते संयुक्त पत्रकार सम्मेलन गर्ने र फागुन ३० गते अन्तरक्रिया गर्ने जानकारी दिए। ‘शान्ति प्रक्रियाको उल्लंघन गर्ने खालका जुन प्रवृत्ति देखिएका

छन्, त्यो मान्यतालाई खण्डित गर्दै शान्ति प्रक्रियालाई स्थापित गर्ने प्रक्रिया अघि बढाउने, शान्ति प्रक्रियाका काम छिटो सक्न संयुक्त अपिल प्रकाशन गर्ने, प्रेस मिट गर्ने २८ गते दिउँसो सबै नेता मिलेर भन्ने कुरा भएको छ’,उनले भने, ‘३० गते नागरिक समाज, बुद्धिजीविसँग शान्तिप्रक्रियाका बारेमा अन्तरक्रिया गर्ने कार्यक्रम गर्ने निर्णय भएको छ ।’ 


बैठकमा नेकपा माओवादी केन्द्र, नेपाल समाजवादी पार्टी, नेकपा माओवादी क्रान्तिकारी, नेकपा, नेकपा बहुमत, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र नेकपा माओवादी समाजवादीका नेता सहभागी थिए। 


द्वन्द्वकालीन विषयमा प्रधानमन्त्री  पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि माओवादी घटकहरू छलफलमा छन्। यसअघि माओवादी धारका दलको बैठकले विस्तृत शान्ति सम्झौता विपरीतका गतिविधिको सामूहिक प्रतिवाद गर्ने निर्णय गरेको थियो।

Advertisement

सम्बन्धित खबर