Wednesday Sep 09, 2026


मिसिसिपीमा टोर्नडो, कम्तिमा २६ जनाको मृत्यु

Image
१२ चैत २०७९, आइतवार
Avatar
नेपालि खबर

एजेन्सी।अमेरिकाको मिसिसिपीमा ठूलो टोर्नडो आँधीका कारण ठूलो जनधनको क्षति भएको छ।


शुक्रबार राति पश्चिमी मिसिसिपीको सिल्भर सिटीमा आँधी आएको हो। 


मिसिसिपी आपतकालीन व्यवस्थापन एजेन्सी (एमईएमए) ले जनाएअनुसार आँधीमा कम्तिमा २६ जनाको मृत्यु भएको छ। क्षतिको यकिन तथ्यांक नआइसकेकाले यो संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।



सयौँ घाइते भएका छन्। ४ जना बेपत्ता भएकोमा उनीहरूको खोजी भइरहेको बताइएको छ।


घाइते र बेपत्ताको खोजी र उद्वार कार्य भइरहेको एम.ई.एम.ए.ले जनाएको छ।


स्थानीय र अमेरिकी संघीय अधिकारीहरूलाई उद्धृत गर्दै एबीसीले टोर्नाडोको लम्बाई राज्यको राजधानी ज्याक्सनबाट ११० किलोमिटरसम्म रहेको थियो।


शनिबार राष्ट्रपति जो बिडेनले पीडितलाई आपतकालीन सहयोग उपलब्ध गराउने प्रतिवद्धता गरेका छन्। 'मिसिसिपिमा देखिएका दृश्य हृदयविदारक छन्, हामी सक्दो सहयोग गर्नेछौँ,' उनले भनेका छन्।

Advertisement

सम्बन्धित खबर