एजेन्सी । न्युजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले आगामी महिना राजीनामा दिने घोषणा गरेकी छिन्। उनले आफूले नेतृत्वका लागि पर्याप्त क्षमता नभएको उल्लेख पनि गरेकी छन्। अक्टोबर १४ मा हुन लागेको चुनाव अघि नै उनले पद छाड्ने बताएकी हुन्।
उनले आगामी फेब्रुअरी ७ पछि लेबर पार्टीको नेताबाट राजीनामा दिने छिन्। उनको ठाउँमा नयाँ नेता चुनिने छन्। ४२ वर्षीया आर्डर्नले भनिन् ‘मैले आशा गरेको थिएँ कि त्यो अवधिमा केही गर्न सक्छु जस्तो लागेको थियो तर दुर्भाग्यवश पाइन।’
सन् २०१७ मा ३७ वर्षको उमेरमा प्रधानमन्त्रीमा नियुक्त भएकी आर्डन विश्वकै कान्छी महिला सरकार प्रमुख बनेकी थिइन् । र, एक वर्ष पछि उनी कार्यालयमा रहँदा बच्चा जन्माउने दोस्रो विश्व नेता बनिन् ।
उनले कोरोना महामारी, क्राइस्टचर्च मस्जिद गोलीबारी र ह्वाइट आइल्याण्ड ज्वालामुखी विस्फोटका बेला न्यूजील्याण्डको नेतृत्व गरेकी छिन्।
‘शान्तिको समयमा आफ्नो देशको नेतृत्व गर्नु एउटा कुरा हो, संकटको माध्यमबाट नेतृत्व गर्नु अर्को कुरा हो।’ उनले भनिन्। ‘ कोरोना महामारी जस्तो विपदले गर्दा भने जति काम गर्न सकिन।’
उनको लोकप्रियता केही महिनायता घट्दै गएका कारण आफूले राजीनमाको बाटो रोजेको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
Copyright ©2022 demonews. | Designed By TShubrat Upadhyay