काठमाण्डौं। नेपाल प्रहरीका चार प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) बुढुवाका लागि सिफारिस गरिएको छ।
सोमबार बिहान बसेको बढुवा समितिले डीआईजीहरु सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो।
यसअघि गत असार १४ गते डीआईजीमा बढुवा हुँदाको वरियता अनुसार नै एआईजी बढुवा गरिएको हो। असारमा १७ जना एकसाथ डीआईजीमा बढुवा भएका थिए।
उनीहरूभन्दा अघिल्लो वरियतामा रहेका वसन्त कुँवर आईजीपी भइसकेका छन्। टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य एआईजी भइसकेका छन्।
चैत ११ गतेदेखि एआईजीहरु सहकुल थापा, उत्तमराज सुवेदी र दिवेश लोहनी अवकास भएपछि र कुँवर आईजीपीमा पदोन्नती भएपछि नेपाल प्रहरीमा चार एआईजी रिक्त भएको थियो। नेपाल प्रहरीमा जनजपदतर्फ ८ एआईजीको दरबन्दी छ।

Copyright ©2022 demonews. | Designed By TShubrat Upadhyay