काठमाडौ।समयमै स्ववियुको निर्वाचन सम्पन्न गराउन दबाब दिने उद्देश्यले विद्यार्थीहरूले वाल्मीकि विद्यापीठ परिसरमा पुतला दहन गरेका छन्।
आज माओवादी केन्द्र समर्थित विद्यार्थी संगठन अखिल क्रान्तिकारीले क्याम्पस प्रांगणमा पुतला दहन गरेका हुन्।
उनीहरूले निर्वाचन संयोजक शान्तिकृष्ण अधिकारी र प्राचार्य प्राडा भागवत ढकालको पुतला जलाएका हुन्। उनीहरूले चिता बनाउने एकोहोरो शंख बजाउने लगायतका गतिविधि गरेका थिए।
सम्भावित झडपलाई मध्यनजर गरी क्याम्पस क्षेत्रमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएका छन्। स्ववियु निर्वाचन आगामी चैत ५ गते हुँदैछ।
कतिपय क्याम्पसमा विवादका कारण निर्वाचन अनिश्चित बनेको छ भने केही क्याम्पसमा निर्विरोध नेतृत्व चयन भइसकेका छन्। उपत्यकाका त्रिचन्द्र, आरआर, पाटन संयुक्त र विश्वभाषा क्याम्पसमा भने विवादका कारण निर्वाचन प्रक्रिया अगाडि बढ्न सकेको छैन।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनका लागि बिहीबार राति १२ बजे मौन अवधि सुरु हुँदैछ। उम्मेदवारले राति १२ बजेपछि प्रचारप्रसार गर्न र कुनै पनि माध्यमबाट भोट माग्न पाउने छैनन्।
Copyright ©2022 demonews. | Designed By TShubrat Upadhyay