काठमाडौं। आगामी २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि आज मनोनयन दर्ता गराउने अन्तिम दिन हो। अहिलेसम्म राष्ट्रपतिमा दुई जना उम्मेदवार बन्ने तय भएको छ।नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले बरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेको हो।त्यस्तै नेकपा एमालेको आजैको सचिवालय बैठकले पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ।पौडेल र नेम्वाङ दुवै प्रतिनिधि सभाका निर्वाचित सांसद हुन्। दुवैको प्रतिस्पर्धामा एक पराजित भए पनि सांसद पद भने नगुम्ने संवैधानिक व्यवस्था छ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार राष्ट्रपति पदमा निर्वाचित भएपछिमात्र सांसद पदबाट राजीनामा दिने संवैधानिक व्यवस्था भएकाले सोही अनुसार निर्वाचित सांसदले राष्ट्रपतिमा उम्मेदवारी दिँदा विजयी भएपछिमात्र सांसदबाट राजीनामा दिँदा हुन्छ।
Copyright ©2022 demonews. | Designed By TShubrat Upadhyay