Thursday Sep 10, 2026


प्रचण्ड क्याबिनेटमा ४ उपप्रधान सहित २३ मन्त्रीमा १५ नयाँ अनुहार

Image
३ माघ २०७९, मङ्गलवार
Avatar
नेपालि खबर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाउन अझै बाँकी रहँदा २३ जना मन्त्री र राज्यमन्त्रीले शपथग्रहणसँगै कार्य विभाजन समेत पाएका छन् ।

प्रचण्ड क्याबिनेटका २३ जनामध्ये १५ जना नयाँ अनुहार हुन् । प्रचण्डसहित उपप्रधानमन्त्री विष्णु पौडेल र नारायणकाजी पूराना अनुहार हुन् भने दुई उपप्रधानमन्त्री रवि लामिछाने र राजेन्द्र लिङदेन नयाँ हुन् ।

त्यस्तै मन्त्रीहरूमा माओवादी केन्द्रबाट रेखा शर्माबाहेक अरू नयाँ हुन् ।

एमालेबाट दामोदर भण्डारी,ज्वाला कुमारी साह र भगवती चौधरीबाहेक अरू नयाँ हुन् ।

राष्ट्रपति कार्यालयले मन्त्रीहरूको कार्य विभाजन र वरियता समेत यस प्रकार तोकेको छ ।


Advertisement

सम्बन्धित खबर