Saturday Jun 06, 2026


प्रधानमन्त्री प्रचण्डको पक्षमा १७२ सांसदको विश्वासको मत, विपक्षमा ८९ मत

Image
६ चैत २०७९, सोमवार
Avatar
नेपालि खबर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत पाएका छन् । सोमबार प्रधानमन्त्रीले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा १७२ सांसदले समर्थन जनाए । ८९ सांसदले उक्त प्रस्तावको विपक्षमा मत दिए । सोमवारको बैठकमा नेपाल मजदुर किसान पार्टीका एक मात्र सांसद प्रेम सुवाल भने यस पटक पनि तटस्थ बसेका छन् । तत्कालीन गठबन्धनमा रहेको दल नेकपा एमाले र राप्रपाले सरकार छाडेपछि ७० दिनको बीचमा दाहालले दोस्रो पटक विश्वासको मत लिनु परेको हो ।

आजकाे बैठकमा २ सय ६२ सांसद उपस्थित भएकामा १ सय ७२ जनाले प्रधानमन्त्रीलाई विश्वासकाे मत दिएका हुन् ।


यसअघि गएकाे पुस २६ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुभएको थियो । प्रधानमन्त्रीलाई संसदमा उपस्थित दुई सय ७० मध्ये दुई सय ६८ सांसदले विश्वासको मत दिएका थिए । त्यति बेला सरकारमा सहभागी भएका र समर्थन गरेका नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले संवैधानिक व्यवस्थाअनुसार फेरि विश्वासको मत लिनुभएकाे हाे ।


Advertisement

सम्बन्धित खबर