Wednesday Sep 09, 2026


आगामी सोमबार विश्वासको मत लिने प्रधानमन्त्री प्रचण्डको तयारी

Image
१ चैत २०७९, बुधवार
Avatar
नेपालि खबर

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत पहिलो सातामा नै विश्वासको मत लिने तयारी गरेका छन्।नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको तेस्रो सातापछि प्रधानमन्त्रीले विश्वासको मत लिने तयारी गरेका हुन्।प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार एवं माओवादी नेता हरिबोल गजुरेलले प्रधानमन्त्री प्रचण्डले यही फागुन ६ गते विश्वासको मत लिने तयारी गरेको बताए। 'प्रधानमन्त्रीजी ६ गते विश्वासको मत लिने तयारीमा हुनुहुन्छ,’ 'नभए ७ गते हुन्छ।'राष्ट्रपतिको निर्वाचनमा कांग्रेसले पुरानै गठबन्धन ब्यूँताएपछि एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपा सरकारबाट बाहिरिइसकेका छन्। रास्वपाले भने सरकारबाट बाहिरिए पनि सरकारलाई समर्थन कायमै राखेको छ। उसले राष्ट्रपतिमा कांग्रेसलाई सघाएका कारण सरकारमा जाने सम्भावना पनि कायमै छ। 


प्रधानमन्त्री प्रचण्डले आफ्ना पार्टीका सांसद तथा मन्त्रीलाई आउँदो सोमबार अन्य कुनै कार्यक्रम नराख्न निर्देशन दिइसकेको एक नेताले बताएका छन्। प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि मात्र मन्त्रिमण्डल विस्तार गर्ने मनसाय बनाएका छन्।


Advertisement

सम्बन्धित खबर