Thursday Sep 10, 2026


रामसहायप्रसाद यादवको उम्मेदवारी कायमै रहने

Image
२८ फागुन २०७९, आइतवार
Avatar
नेपालि खबर

काठमाडौं।सत्ता गठबन्धनका तर्फबाट उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवको उम्मेदवारी कायमै रहने भएको छ । 


जसपाका यादवविरुद्ध उनको उम्मेदवारी खारेज गरियोस् भन्दै २ वटा उजुरी परेको भए पनि निर्वाचन अधिकृतको कार्यालयले उनको उम्मेदवारी खारेज गरिनुपर्ने कारण नभएको स्पष्ट पारेको छ । कार्यालयले यादवविरुद्धका दुवै उजुरी खारेज गर्दै उनको उम्मेदवारी कायम गर्ने निर्णय गरेको हो ।


चैत ३ मा हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि ४ जनाको उम्मेदवारी दर्ता भएको छ भने यादवको उम्मेदवारविरुद्ध एमाले र जनमत पार्टीका तर्फबाट उजुरी परेका थिए ।


रामसहायप्रसाद यादवले आफ्नो उम्मेदवारी खारेजीका लागि परेका उजुरीहरुको लिखित जवाफ आइतबार बिहान निर्वाचन अधिकृतको कार्यालयलाई पठाएका थिए ।

Advertisement

सम्बन्धित खबर