काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुन पुनः मन्त्रालयको सौदावाजी सुरु गरेको छ । सत्ता गठबन्धनको चौथो ठुलो दल राप्रपा ४ मन्त्रालयसहित अध्यक्ष राजेन्द्र लिङदेनको अध्यक्षतामा सरकारमा जाने भएको हो । तर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उपप्रधानमन्त्रीसहित ३ वटा मन्त्रालय पाउनुुपर्ने दाबी गरेको बताउनुभयो । राप्रपाले उपप्रधानमन्त्री सहित उर्जा मन्त्रालयको जिम्मा पाएमा राजेन्द्र लिङदेन कै नेतृत्वमा सरकारमा जाने तयारी गरेको छ । अहिलेलाई ३ मन्त्रिसहित एक राज्यमन्त्री पाउने सम्भावना देखिन्छ, राप्रपाका एक नेताले बताए । संघमा मन्त्री पाउने भएसँगै बाग्मती प्रदेशमा राप्रपाल मुख्यमन्त्रीको दाबी छाडेको थियो । राप्रपाले उपप्रधानमन्त्री नदिएमा उपराष्ट्रपति दिन सत्ता गठबन्धनमा दवाव बढाएको छ । यसका लागि राप्रपाका तर्फबाट डाक्टर प्रकाश चन्द्र लोहनीलाई अघि सारेको राप्रपा निकट श्रोतले स्विकारेको छ । डाक्टर लोहनी तयार नभएमा पशुपति शंसेर राणालाई उपराष्ट्रपति बनाउने र उक्त स्थानमा समानुपातीकबाट डाक्टर प्रकाशचन्द्र लोहनीलाई सांसद बनाउने विषयमा पनि पार्टी भित्र छलफल भईरहेको छ ।
संघियताको बिरोध गर्दै आएको राप्रपाले सत्ता गठबन्धनको सहमति अनुसार बागमती प्रदेशमा सभामुख पाउदैछ । यता गणतन्त्रको विरोध गर्दै उसले उपराष्ट्रपतिमा च्यांखे थापेको पनि देखिएको छ । यस्तै मन्त्रीका लागि लिङदेनसँगै महामन्त्री धवल शमशेर जबरा, बृद्धिमान तामाङ, धुर्व बहादुर प्रधान, विक्रम पाण्डे, ज्ञानेन्द्र शाही मुख्य दाबेदार देखिएका छन् । विक्रम पाण्डे भ्रष्टाचार मुद्दामा मुछिएकाले अहिले मौन छन् ।
मकवानपुरबाट निर्वाचित दीपकबहादुर सिंह प्रमुख सचेतक हुने र दोस्रो चरणमा मन्त्री बन्ने सम्भावना छ । राप्रपाको प्रत्यक्ष निर्वाचित ७ गरी प्रतिनिधि सभामा १४ सिट छ । पशुपति शमशेर जबरा अन्तिम पटक राजकिय जिम्मेवारीमा बस्न चाहेको छन् ।
Copyright ©2022 demonews. | Designed By TShubrat Upadhyay