काठमाडौ । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि वुधबार मतदाताको अन्तिम नामावली सार्वजनीक गरेको छ । शीर्ष नेताहरूको आन्तरिक छलफलले कुनै आकार नलिएको अवस्थामा सुरु भएको राष्ट्रपति चयन प्रक्रियाले अहिलेको गठबन्धनलाई मात्र धरापमा पारेको छैन, मुलुकमा अर्को राजनीतिक अस्थिरता सुरु हुने छाँट देखिएको छ । गठबन्धन जोगाउने नाममा एमाले नेताहरुले अघि सारेको प्रस्ताव होस् अथवा गठबन्धन भत्काउने रणनीतिमा कांग्रेसले चालेको कदम, दुबैको चेपुवामा माओवादी केन्द्र परेको छ ।
तेस्रो राष्ट्रपति चयनका लागि यही फागुन २५ गते निर्वाचन हुँदैछ । यसैका लागि निर्वाचन आयोगले बुधबार मतदाता नामावली प्रकाशन गरिसकेको छ भने फागुन १३ गते शनिबार उम्मेदवारले मनोनयनपत्र दर्ता गर्नुपर्ने छ । तर निर्वाचन आयोगको कार्यतालिका सांघुरीईरहेको बेला दलहरु राष्ट्रपति कुन दलले पाउने अथवा कुन दलबाट को उम्मेदवार बन्ने भन्नेमा अझै टुंगोमा पुगेका छैनन् । प्रमुख दलका शीर्ष नेताको दृश्य–अदृश्य छलफल, नयाँ–नयाँ प्रस्ताव तथा समीकरण बनाउने र भत्काउने खेल पेचिलो बनेर गएको छ । बुधवार सबेरै केपी शर्मा ओली प्रधानमन्त्री दाहाललाई भेट्न बालुवाटार पुगेका छन् भने लगत्तै नेपालका लागि चिनका राजदुतले पनि प्रचण्डलाई भेटेका छन् ।
शीर्ष नेताहरूका बीचमा भावी राष्ट्रपतिका विषयमा छलफल हुन थालेको महिना दिन बित्यो, तर कसैको रणनीति पनि सफल हुने अंकगणित अहिलेसम्म देखिंदैन । कुन दल र को राष्ट्रपति भन्ने निर्णायक मत अहिले सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रसँग छ । तर एमालेको समर्थनमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय सहमतिका नाममा नेपाली कांग्रेस अथवा एमाले ईत्तरका नेतालाई मात्र समर्थन गर्ने रणनीतिमा खुलेका छन् । माओवादीको फेरिएको रणनीतिले नेकपा एमाले झस्किएको छ । एमाले अध्यक्ष केपी ओली १० पुसको सहमतिनुसार एमालेको भागबाट राष्ट्रपति फुत्किएमा गठबन्धन भत्किनेमा प्रष्ट देखिन्छन् ।
संघीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) का सांसद र प्रदेशसभाका सांसदले मतदान गर्न पाउने राष्ट्रपति निर्वाचनका सन्दर्भमा अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको चासो पनि उत्तिकै छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस राष्ट्रपती निर्वाचन कै मौकामा एमाले र माओवादी केन्द्रबीचको गठबन्धन भत्काउने रणनीतिमा छ । प्रधानमन्त्री दाहालले राष्ट्रिय सहमतिको विषय उठाएपछि उत्साहित कांग्रेसको रणनीति सफल हुन नदिन एमाले नेतृत्व, आफ्नै प्रस्तावमा राष्ट्रिय सहमति जुटाउने अर्को कसरतमा उत्रिएको छ । एमाले अध्यक्ष ओलीले माधव कुमार नेपाल, झलनाथ खनाल, अमिक शेरचन तथा नारायणमान विजुक्च्छेको नाम अघि सारेका छछन् । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का अध्यक्ष महन्थ ठाकुर पनि यही अलमलमा आकांक्षी देखिएका छन् । माओवादीले गठबन्धन नतोडेमा एमालेले कसलाई उम्मेदवार बनाउँछ त्यो निश्चित् छैन । तर अहिले अनिश्चितता कै बीचमा एमालेले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षत्रय अष्टलक्ष्मी शाक्य, सुवास नेम्वाङ, युवराज ज्ञवाली र बाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौड्यालको नाम चर्चामा ल्याएको छ । माछा देखे दुला भित्र हात सर्प देखे खोकिलामा हातको रणनीतिमा रहेको नेपाली कांग्रेसले पनि राष्ट्रपति जित्ने सुनिश्चित भएमा कसलाई अघि सार्छ, निश्चित् छैन । तर अहिले रामचन्द्र पौडेल, कृष्ण प्रसाद सिटौला र मानबहादुर विश्वकर्माको नाम चर्चामा छ । पुष १० को भद्र सहमतिबाट प्रचण्डहरु बाहिरिको अवस्थामा कांग्रेसले उम्मेदवार फेर्न पनि सक्छ । जो प्रचण्डसँग पुष २६ गते सरकारलाई दिएको विश्वासको मत सँगै राष्ट्रिय सभाको अपाध्यक्षमा कांग्रेसले गरेको समर्थनको हिसवा किताव मागी रहेको छ । तर पनी यी सबै दौडधुप र रणनीतिको निश्चित् आकार फागुन २५ गते मात्र देखिने छ । अझ फागुन १३ मा हुने मनोनयन दर्ताले पनि, शितल निवासमा नेतृत्व चुन्दै गर्दा दलहरुले ‘राजनीतिक अस्थिरताको सुरुवात गर्दैर्छन् की राजनीतिक स्थिरताको सन्देश दिदैछन् भन्ने संकेत गर्नेछ ।
बैदेशीक चासो उस्तै
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र नेपालका लाग चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ।
आज बिहान बालुवाटारमा पुगेर राजदूत सोङले प्रधानमन्त्री प्रचण्डसँग राष्ट्रपति निर्वाचनको विषयमा चासो राखेका हुन्। सोङले प्रचण्डसँग आगामी राष्ट्रपति को बन्ने भन्नेबारेमा जिज्ञासा राखेका थिए। जवाफमा प्रचण्डले दलहरुबीच छलफल जारी रहेकाले सहमतिमा राष्ट्रपति चयन हुने जानकारी गराएको बालुवाटार स्रोतले जनाएको छ।
राष्ट्रपति निर्वाचनको मिति नजिकिएसँगै प्रचण्ड र चिनियाँ राजदूत सोङबीच भएको भेटलाई अर्थपूर्णरुपमा हेरिएको छ। छन् सोङले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि यस अगाडि भेट गरेका थिए। प्रधानमन्त्री प्रचण्डसँग माघ २ गतेको भेटमा बीआरआई परियोजना कार्यान्वयन, नेपालको पूर्वाधार विकास, नेपाल-चीनबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको छ।
राष्ट्रपति निर्वाचनमा चीन,भारत, अमेरिका देखि युरोपियन युनियनको चासो देखिएका छन्। चिनियाँ राजदूत छन सोङ पनि दलका शीर्ष नेतासँग भेटघाटमा सक्रिय बनेका हुन्। अमेरिका, भारत, चीन तथा युरोपेली देशका राजदुत एवं उच्च पदाधीकारीको बाक्लिएको दौडधुप मुख्य रुपमा भावि राष्ट्रपति कै सरोकारसँग जोडीएको छ ।
Copyright ©2022 demonews. | Designed By TShubrat Upadhyay