Wednesday Sep 09, 2026


सरकारबाट बाहिरिने एमालेको निर्णय, समर्थन पनि फिर्ता

Image
१५ फागुन २०७९, सोमवार
Avatar
नेपालि खबर

काठमाडौं । नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ । उपाध्यक्ष विष्णु पौडेलकाअनुसार भर्खरै पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले पार्टी सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो ।


प्रधानमन्त्री पुष्पकमल दाहालले मानवअधिकार परिषद्को बैठकमा जान लागेकी परराष्ट्रमन्त्री विमला राई पौड्याललाई अन्तिम अवस्थामा रोकेपछि एमालेले सोमबार बिहान सचिवालय बैठक राखेको थियो । ‘प्रधानमन्त्रीले परराष्ट्रमन्त्रीलाई विदेश नजानका लागि निर्देशन दिनुभयो, स्वेच्छाले सरकार छाड्ने वा विनाविभागीयमन्त्री बनाउने सम्मका कुरा गर्नुभएपछि हामी सरकारमा बसिराख्नु उचित देखिएन’ उपाध्यक्ष पौडेलले भने ।

यसैबीच, नेपाल सरकार मन्त्रिपरिषद बैठक सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बैठक जारी छ। 

नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेसँगै सरकारमा सहभागी आठ मन्त्रीले प्रधानमन्त्रीलाई राजीनामा बुझाएपछि अहिले मन्त्रिपरिषद बसेको हो। 

नेकपा एमाले, राप्रपा तथा रास्वपा सरकारबाट बाहिरिएपछि सरकारमा नेकपा माओवादी केन्द्र र जनमत पार्टी मात्र छन्। 

Advertisement

सम्बन्धित खबर