काठमाडौ । कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचाररत चन्द्र भण्डारीलाई थप उपचारका लागि मुम्बइ लगिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले ग्यास सिलिण्डर विष्फोटबाट घाइते भएका सांसद भण्डारीलाई भारतको मुम्बइस्थित नेशनल वर्न सेन्टरमा थप उपचारका लागि पठाईएको र भण्डारीको उपचारमा लाग्ने सबै खर्च सरकारले जिम्मा लिने बताउनुभयो । श्री एयरलाइन्सको एअर एम्वुलेन्स मार्फत् मुम्बइ लगिएको भण्डारीको स्वास्थ्य अवस्था सुधारउन्मुख रहेको चिकित्सकले बताएका छन् ।
भण्डारीलाई मुम्बइ लैजाने क्रममा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता विमानस्थल पुगेका थिए । स्वास्थ्य अवस्था सुधारउन्मुख भएपनि कुनैपनि बेला जटिल हुनसक्ने चिकित्सकले जनाउ दिएकाले नेपालमा यथोचित उपचार सम्भव नभएपछि कृतिम स्वासप्रश्वास दिएर त्यसतर्फ लगिएको हो। उनीसँगै ६ जनाको मेडिकल टिम पनि गएको छ।
क्रिटिकल केयर हेड डा=प्रदीप तिवारी, एनेस्थेसिया क्रिटिकल केयर डा=वृहस्पति, फ्लाइट डाक्टर इएमएस रोसन शर्मा, प्यारामेडिक्स इआर दिनेश राई,सागर महर्जन र राज तामाङ गएका हुन्।
बुधबार राति खाना पकाउने क्रममा ग्यास सिलिण्डर विष्फोट हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए । दुवैजनालाई उपचारका लागि कीर्तिपुर अस्पताल भर्ना गरिएकोमा उपचारकै क्रममा विहिवार विहान हरिकला भण्डारीको निधन भएको छ ।
Copyright ©2022 demonews. | Designed By TShubrat Upadhyay