Thursday Sep 10, 2026


शीतल निवासको शपथ ग्रहण (फोटो फिचर)

Image
३ माघ २०७९, मङ्गलवार
Avatar
नेपालि खबर

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज क्याबिनेट विस्तार गर्नुभएको छ ।

सरकारमा सत्ता साझेदार एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनमत पार्टीलाई सहभागी गराएर उहाँले क्याबिनेट विस्तार गर्नुभएको हो ।   

प्रचण्ड नेतृत्वको क्याबिनेटमा एमालेबाट एक राज्यमन्त्रीसहित नौ मन्त्री बनेका छन् । सरकारको नेतृत्वकर्ता माओवादीले प्रधानमन्त्रीसहित एक राज्यमन्त्री र चार मन्त्री पाएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान एवम् ऊर्जामन्त्रीसहित तीन जना लिएर सरकारमा सामेल भएका छन् ।

त्यस्तै,  राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवी लामिछानेको नेतृत्वमा सरकारमा गएको छ ।दुवै पार्टीले एक–एक राज्यमन्त्री पनि पाएका छन् । सिके राउत नेतृत्वको जनमत पार्टीले एक मन्त्रीमा चित्त बुझाएको छ ।

नवनियुक्त मन्त्रीहरु केही बेरअघि राष्ट्रपति कार्यालय शीतल निवाशमा शपथ खाएर कार्यभार सम्हाल्न सिंहदरबार पुगेका छन् ।

यसैबीच,  सहमति विपरीत खानेपानी मन्त्रालय दिएपछि जनमत पार्टीले असन्तुष्टी जनाएको छ । सो पार्टीबाट मन्त्रीको शपथ लिएका अब्दुल खानले खानेपानी मन्त्रालयको पदभार ग्रहण गर्न अस्वीकार गरेका हुन् ।

मन्त्री खानले मन्त्रालय परिवर्तन गरेको विषयमा अहिले छलफल चलिरहेको बताए । उनले भने, ‘उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सहमति भएको थियो । तर मन्त्रालय परिवर्तन गरेपछि हामी छलफलमा छौं ।’

 प्रधानमन्त्री 

१ पुष्पकमल दाहाल     वन तथा वातावरण, युवा तथा खेलकुद    

उपप्रधानमन्त्री

२    विष्णुप्रसाद पौडेल    अर्थ        

३    नारायणकाजी श्रेष्ठ    भौतिक पूर्वाधार तथा यातायात        

४    रबि लामिछाने    गृह        

५    राजेन्द्रप्रसाद लिङ्देन    ऊर्जा, जलस्रोत तथा सिँचाई        

मन्त्री

६    रेखा शर्मा    सञ्‍चार तथा सूचना प्रविधि        

७    विक्रम पाण्डे    सहरी विकास        

८    ज्वालाकुमारी साह    कृषि तथा पशुपंक्षी विकास        

९    दामोदर भण्डारी    उद्योग, वाणिज्य तथा आपूर्ति        

१०    राजेन्द्रकुमार राई    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण        

११    अब्दुल खान    खानेपानी        

१२    विमला राई पौड्याल    परराष्ट्र        

१३    पदम गिरी    स्वास्थ्य तथा जनसङ्‌ख्या        

१४    भगवती चौधरी    महिला, बालबालिका तथा ज्येष्ठ नागरिक        

१५    हरिप्रसाद उप्रेती    रक्षा        

१६    सुदन किराती    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन        

१७    अमनलाल मोदी    सङ्घीय मामिला तथा सामान्य प्रशासन        

१८    शिशिर खनाल    शिक्षा, विज्ञान तथा प्रविधि        

१९    डोलप्रसाद अर्याल    श्रम, रोजगार तथा सामाजिक सुरक्षा        

२०    ध्रुवबहादुर प्रधान    कानुन, न्याय तथा संसदीय मामिला        

राज्यमन्त्री

२१    सुशिला सिर्पाली ठकुरी    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन        

२२    डा. तोसिमा कार्की    स्वास्थ्य तथा जनसङ्‌ख्या        

२३    दिपक बहादुर सिंह     ऊर्जा, जलस्रोत तथा सिँचाई 

Advertisement

सम्बन्धित खबर