एजेन्सी । सिरियाको सिमाना नजिक रहेको टर्कीको दक्षिणपूर्वी क्षेत्रमा रहेको गाजियनटेपमा शक्तिशाली भूकम्प गएको छ ।
स्थानीय समय अनुसार बिहान ४:१७ मा गाजियनटेप सहर नजिक १७.९ किलोमिटर (११ माइल) गहिराईमा ७.८ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षणले जनाएको छ।
भुकम्प भएको केही समयपछि टर्कीमा शक्तिशाली परकम्पहरूसमेत महसुस भएको युएसजीएसले जनाएको छ। यहाँ पहिलो भूकम्प गएको ११ मिनेटपछि ९.९ किलोमिटर गहिराइमा ६.७ म्याग्निच्युडको अर्को भूकम्प गएको छ।
भूकम्पको धक्का राजधानी अंकारा र टर्कीका अन्य सहरहरू र यस क्षेत्रमा पनि महसुस गरिएको थियो ।
भुकम्पका कारण धेरै भवनहरू ध्वस्त भएको र धेरै मानिसहरु फसेको हुनसक्ने अन्तर्राष्ट्रिय मिडियाहरूले जानकारी दिएका छन्।
थप विवरण आउन बाँकी छ।
Copyright ©2022 demonews. | Designed By TShubrat Upadhyay