Thursday Sep 10, 2026


उपराष्ट्रपतिको उम्मेदवारी फिर्ता लिने प्रमिला यादवको घोषणा

Image
२९ फागुन २०७९, सोमवार
Avatar
नेपालि खबर

काठमाडौं:जनता समाजवादी पार्टी (जसपा) बाट उपराष्ट्रपतिकी उम्मेदवार प्रमिला कुमारी यादवले उम्मेदवारी फिर्ता लिएकी छन्। उम्मेदवारी फिर्ता लिएपछि उनले जसपाबाट उम्मेदवार बनेका रामसहाय यादवलाई समर्थन गर्ने घोषणा गरेकी छन्। 


उनले मुलुकको सार्वभौमिकता, राष्ट्रिय स्वाधिनता, समावेशीता, संघीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्याय र समाजवाद प्रति निष्ठापूर्वक संधै समर्पित रहने सालीन स्वभावका, सादा जीवन, निष्कलंक एवं स्वच्छ छवी र उच्च विचार भएका एक बौद्धिक एवं परिपक्क नेता यादवलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी छन्।


‘मुलुकको सार्वभौमिकता, राष्ट्रिय स्वाधिनता, समावेशीता, संघीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्याय र समाजवाद प्रति निष्ठापूर्वक संधै समर्पित रहने सालीन स्वभावका, सादा जीवन, निष्कलंक एवम् स्वच्छ छवी र उच्च विचार भएका एक बौद्धिक एवम् परिपक्व नेता माननीय रामसहाय प्रसाद यादव, उप९राष्ट्रपति जस्तो गरिमामय पदका लागि सबै भन्दा उपयुक्त, योग्य र सक्षम उम्मेदवार हुनुहुन्छ’, उनले भनिन्, ‘प्राविधिक रुपमा मेरो नाम उम्मेदवारको सूचीमा रहन गएको भएता पनि प्रतिवद्धताका साथ म वहाँलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दछु,’ उनले भनेकी छन्।


यादवले विज्ञप्तिमा भनेकी छन्, ‘अब उपरान्त म उपराष्ट्रपति पदको लागि उम्मेदवार नरहेको हुँदा गठबन्धनका तर्फबाट साझा उम्मेदवार रहनुभएका माननीय रामसहाय प्रसाद यादवलाई आफ्नो अमूल्य मत दिई विजयी गराउनुहुन सम्पूर्ण माननीय सांसद एवम् माननीय प्रदेशसभा सदस्यज्यूहरुसँग हार्दिक अपिल गर्दछु।’


उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुँदै छ।

Advertisement

सम्बन्धित खबर