Friday Sep 11, 2026


उपराष्ट्रपतिमा महिला उम्मेदवार हुनुपर्ने निर्वाचन आयोगको निर्णय: समस्यामा गठबन्धन

Image
२६ फागुन २०७९, शुक्रवार
Avatar
नेपालि खबर

काठमाण्डाै - निर्वाचन आयोगले उपराष्ट्रपतिमा महिला उम्मेदवार हुनुपर्ने निर्णय गरेको छ । राष्ट्रपति तथा उपराष्ट्रपति फरक–फरक लिङ्ग वा समुदायको हुनुपर्ने संवैधानिक व्यवस्थाअनुरूप पुरुष उम्मेदवारको नाम मनोनयन नगर्न आयोगले निर्देशन दिएको छ ।

'२०७९ साल फागुन २५ गते सम्पन्न भएको राष्ट्रपतिको निर्वाचनमा खस-आर्य समावेशी समूहका पुरुष व्यक्ति श्री रामचन्द्र पौडेल निर्वाचित हुनुभएको हुँदा स्वीकृत निर्वाचन कार्यक्रम अनुसार यही फागुन २७ गते उपराष्ट्रपति पदको मनोनयनपत्र दर्ता गर्दा राष्ट्रपतिको पदमा निर्वाचित व्यक्तिको लिङ्ग (पुरुष) वा समुदाय (खस आर्य) भन्दा फरक लिङ्ग (महिला वा अन्य) वा फरक समुदाय दलित, आदिवासी जनजाति, मधेसी, (थारु वा मुस्लिम) को व्यक्तिको मनोनयनपत्र मात्र दर्ता गर्ने ब्यहोरा उल्लेख गरिएको छ' आयोगले निकालेको विज्ञप्तिमा उल्लेख छ । 

उपराष्ट्रपतिको चुनाव चैत ३ गते हुँदै छ । शनिवार बिहान ९ बजेदेखि २ बजेसम्म मनोनयन दर्ता गराउने समय तोकिएको छ । 


Advertisement

सम्बन्धित खबर