बाँके । विश्व खाद्य कार्यक्रमको ५४ हजार किलो अखाद्य चामलका तीन वटा कन्टेनर लिएर आएका चालक पाँच सातायता नेपालगन्ज भन्सारमा अलपत्र छन् । डब्लुएफपीका अधिकारी सम्पर्कमासमेत नआएपछि भन्सार कार्यालयले कुहिएको चामल नष्ट गर्ने तयारी गरेको छ ।
विश्व खाद्य कार्यक्रम इटलीबाट ल्याइएको चामल खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले परीक्षण गर्दा गुणस्तरहीन अवस्थामा भेटिएपछि सीमा नाका जमुनाहामा चामलसहित चालकहरु भन्सारमै रोकिएको पाँच साता भइसक्यो । विश्व खाद्यको अखाद्य चामल ढुवानी गर्ने मजदुर माघ १५ गतेदेखि कष्टकर अवस्थामा छाड्ने विश्व खाद्य कार्यक्रमका अधिकारीको व्यवहारको आलोचना गर्दै अधिकारर्कीहरुले अखाद्य चामल सार्वजनिक रुपमा नष्ट गर्नुपर्ने माग गरेका छन् ।
आयातकर्ता विश्व खाद्य कार्यक्रमका अधिकारीले अखाद्य चामलसहितका कन्टेनर फिर्ता नगरे सरोकारवाला सहितको उपस्थितिमा कुहिएको चालम नष्ट गर्ने भन्सार कार्यालयले जनाएको छ ।
डब्लूबी०३ डी ०१०७, डब्लूबी ११ सी ५९६०, एनएल ०१ एडी ७१०५ भारतीय नम्बर प्लेटका यीनै कन्टेरमा ल्याइएको चामल अखाद्य भेटिएको थियो । चामल प्रज्ञापन पत्र नम्बर २२१५ बाट नेपालगन्ज ल्याएर कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलाली पठाउन थालेको थियो ।
Copyright ©2022 demonews. | Designed By TShubrat Upadhyay