Thursday Sep 10, 2026


यस्तो छ रविलाई गैरनागरिक ठहर गर्ने सर्वोच्चको फैसला

Image
१४ माघ २०७९, शनिवार
Avatar
नेपालि खबर

काठमाडौं : सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्ने फैसला गरेको छ । 

शुक्रबार संवैधानिक इजलासले उनलाई गैरनागरिक ठहर गर्दै सांसद पद खारेज गर्ने फैसला गरेको हो। अमेरिकी नागरिकता परित्याग गरेपछि विधिवत् रुपमा नेपाली नागरिकता पुनः कायम गर्ने प्रक्रिया पूरा गरेको नदेखिएको इजलासको निष्कर्ष छ। 

अमेरिकी नागरिकता त्याग गरेको कुराको विधिवत् जानकारी लामिछानेले सम्बन्धित अधिकारी(प्रमुख जिल्ला अधिकारी) लाई दिएको तथा नेपाल नागरिकता ऐन, २०६३ को दफा १० र ११ लगायत नेपाल नागरिकता नियमावली २०६३ को नियम ११ बमोजिम तोकिएको प्रक्रिया बमोजिम नागरिकता जारी गर्ने कार्यालयमा गएर निवेदन दिएको नदेखिएको इजलासको ठहर छ।

‘उपरोक्त अनुसारको प्रक्रिया अपनाएको भन्ने समेत प्रत्यर्थीले जिकिर लिएको पाइएन, फैसलामा लेखिएको छ, यस अवस्थाका व्यक्तिलाई नेपालको संविधानको धारा ८७(१) तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १२ प्रयोजनका लागि उम्मेदवार बन्न योग्यता पुगेको भनी मान्न मिलेन।

लामिछाने गत मंसिर ४ को निर्वाचनमा चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका थिए। 

(हेर्नुहोस् सर्वोच्चको फैसला)

Advertisement

सम्बन्धित खबर