काठमाण्डाै-भक्तपुरमा दुई जना भारतीय नागरिकसहित १६ जना जुवाडे पक्राउ परेका छन् ।मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीको एक क्याफेबाट उनीहरुलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
क्याफेका सञ्चालक दिलीप गिरीसहित टीकाराम गिरी, जितबहादुर विश्वकर्मा, नवराज बोहरा, सन्तोष श्रेष्ठ, कसाङ लामा, शंखबज्र लामा, सन्तोष चौलागाईँ, सुमन खनाल, गोपाल कुईँकेल, कृष्णबहादुर मोक्तान, विक्रम ब्लोन मोक्तान, कृष्ण बुढाथोकी, छवाङ वाईबा, भारत घर भएर कुपण्डोल बस्ने मदन मण्डल र सुनिल कुमारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले जुवाको खालबाट नेपाली २ लाख ४२ हजार तथा भारतीय ४८ हजार ५ सय रुपैयाँ र १६ बुक तास पनि बरामद गरेको छ । उनीहरुलाई थुनामा राखेर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
Copyright ©2022 demonews. | Designed By TShubrat Upadhyay