बर्दिया – बर्दियाकाे मधुवन नगरपालिकामा पाटे बाघको आक्रमणबाट दुई जना महिलाको ज्यान गएकाे छ ।
बर्दिया मधुवन नगरपालिका ५ काे चिराैति सामुदायिक वनमा घाँस काट्न गएका बेला पाटे बाघको आक्रमणबाट दुई जना महिलाको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । बाघकाे आक्रमणबाट मधुवन ५ की ५० वर्षीया धनसरा गुरुङ र ५५ वर्षीया समुन्द्री बुढाक्षेत्रीकाे ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) हिक्मतबहादुर बाेहाेराले जानकारी दिनुभयो ।
नेपाल–भारत सीमा नजिक पर्ने खाता जैविक मार्ग आसपासका राष्ट्रिय वन तथा सामुदायिक वन र बर्दिया निकुञ्ज आसपासका मध्यवर्ती सामुदायिक वनमा घाँस, दाउरा लिन र च्याउ टिप्न गएका बेला पाटे बाघकाे आक्रमणका घटना हुने गरेकाे प्रहरीले जनाएको छ ।
मृतक दुई जना महिलाकाे शव पाेस्टमार्टमका लागि जिल्ला अस्पताल गुलरिया लगिएकाे प्रहरीले जनाएको छ ।
यस्तै,जंगली हात्तीको आक्रमणबाट रौतहटमा एक महिलाको मृत्यु भएको छ।राैतहटकाे धन्सार क्षेत्रकाे जंगलमा घाँस काटन गएकी एक महिलाकाे जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । आज बिहान साडे ९ बजे घाँस काटन गएकी चन्द्रपुर नगरपालिका वडा नं ४ बस्ने ४९ बर्षिय मीना मगरको मृत्युु भएको हाे । हात्तीकाे आक्रमणले मगरको घटना स्थल मै मृत्युु भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगहपुरले जनाएको छ ।
अहिले घटना स्थलमा डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख सुनिल कुमार कर्ण, ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटा लगायत पुगेका छन ।
Copyright ©2022 demonews. | Designed By TShubrat Upadhyay