Tuesday Apr 21, 2026


वैज्ञानिकहरू सूर्यबाट आउने तापलाई चिस्याउने प्रयासमा

Image
१० चैत २०७९, शुक्रवार
Avatar
नेपालि खबर

काठमाडौं:विश्वको तापक्रम वृद्धि कम गर्न वैज्ञानिकहरू सूर्यबाट आउने तापलाई चिस्याउने प्रयासमा लागेका छन्। सोलार जियो इन्जिनियरिङ भनिने उक्त प्रविधिका माध्यमबाट सूर्यको तापक्रम घटाइने छ।


यसबाट पृथ्वीमा घाम कम आउने छ। यस प्रविधिमा ठूलो र कम लगानी पनि भइसकेको छ। कतिपयले भने यो प्रविधिप्रति आपत्ति जनाएका छन्। यो प्रविधि प्रयोग गरिएमा ठूलो विनाश आउने चेतावनी पनि दिइएको छ।


सन् १९९१ मा फिलिपिन्सको माउन्ट पिनाटुबो ज्वालामुखी विस्फोट भएपछि पृथ्वीको तापक्रम केही कम भएको थियो। २०औँ शताब्दीको उक्त सबै भन्दा ठूलो ज्वालामुखी विस्फोटबाट आकाशमा ४५ किलो मिटरसम्म खरानी फैलिएको थियो। त्यसपछि १५ महिनासम्म पूरै विश्वको तापक्रम एक डिग्रीले कम भयो।


यसै घटनाबाट प्रेरित भएर वैज्ञानिक पृथ्वीको तापक्रम घटाउने कोसिसमा लागे का हुन्। आकाशमा फैलिएको खरानीका कणले गर्दा सूर्यका किरण पर्याप्त मात्रामा पृथ्वीको सतहसम्म पुग्न सकेको थिएन।


सोही घटनाले वैज्ञानिकहरूमा नयाँ विचार जन्माएको छ। यदि सूर्य र वायुमण्डलको बीचमा कुनै चिजको एउटा पत्र तयार पार्ने हो भने त्यसले सूर्यको किरणलाई पृथ्वीसम्म आउनबाट रोक्ने वैज्ञानिकहरूले ठानेका छन्।


सोलार इन्जिनियरिङ प्रक्रियामा वैज्ञानिकहरूले ठूला ठूला बेलुनको माध्यमबाट वायुमण्डलको उपल्लो हिस्सामा सल्फर डाइअक्साइडको स्प्रे गरेर सौर्य किरण छेक्ने यो जनामा काम गरिरहेका छन्। सल्फरमा सूर्यका किरणलाई परावर्तन गर्न सक्ने गुण हुन्छ।


त्यसैले वायुमण्डलमा यस्तो स्प्रे गर्नाले पृथ्वीमा चर्को घामबाट छुटकारा मिल्न सक्ने वैज्ञानिकको दाबी छ। वैज्ञानिकहरूले सल्फर स्प्रेका अतिरिक्त अन्य विधिको पनि खोज गरिरहेका छन्।


त्यसमध्ये एउटा हो स्पेस सनसेड तयार गर्नु। यो प्रक्रियामा अन्तरिक्षमा ऐनाजस्तै कुनै चिजका माध्यमबाट सूर्यको किरणलाई परावर्तन गरी अर्कोतर्फ मोडिन्छ।

Advertisement

सम्बन्धित खबर