Thursday Sep 10, 2026


रामेछापमा बलेरो जिप दुर्घटना हुँदा एकको मृत्यु, सात जना घाइते

Image
१९ चैत २०७९, आइतवार
Avatar
नेपालि खबर

रामेछाप।रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुमको बेलपोखरी डाँडा (ठुटे पिपलबोट) मा बलेरो जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । उक्त दुर्घटनामा सात जना घाइते भएका छन् ।


शनिबार साँझ भएको दुर्घटनामा मृत्यु हुनेमा खाँडादेवी–७ का ३३ वर्षीय कर्मसिंह तामाङ रहेका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिए । उनका अनुसार बा१६च ३८२५ नम्बरको जिप सडकबाट करिब चार सय मिटर तल खसेको थियो ।



घाइतेमध्ये दुई जनाको अवस्था चिन्ताजनक छ । जिप सुनापति गाउँपालिकाको दिमीपोखरीबाट काठमाडौं जाँदै गरेको थियो । घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ ।

Advertisement

सम्बन्धित खबर