Saturday Jun 06, 2026


पैदलै काठमाण्डौ आएका मिटरब्याज पीडितले माइतीघरमा धर्ना थाल्दै

Image
१३ चैत २०७९, सोमवार
Avatar
नेपालि खबर

काठमाण्डौ।न्याय खोज्दै पैदल काठमाण्डौ आएका मिटरब्याज पीडितहरुले आजदेखि माइतीघर मण्डलामा धर्ना दिँदैछन् । आफ्नो समस्या सरकारलाई सुनाउनको लागि ७२ जना पीडितहरु महोत्तरीको बर्दिवासबाट पैदल हिँडेर हिजो ११औँ दिनमा काठमाण्डौ आइपुगेका छन् ।


मिटरब्याजविरुद्ध यसअघि पनि धर्नामा बसेका उनीहरु सरकारले माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि फर्किएका थिए । तर सरकारले माग सम्बोधन नगरेपछि उनीहरु हिँडेरै फेरि काठमाण्डौ आएका हुन् । गएको जेठ अन्तिममा पनि देशभरबाट आएका पीडितहरु न्याय माग्दै माइतीघर मण्डलमा धर्ना बसेका थिए ।


जेठ र साउन गरी दुई चरणमा ६१ दिन धर्ना बसेपछि सरकारले असोज १ गते सम्झौता गरेको थियो । गृह मन्त्रालयले गरेको सम्झौतामा मिटरब्याजी सुदखोरहरूले धनसम्पत्ति लिन गरेका लिखित वा मौखिक धम्कीबाट किसानलाई मुक्त गर्ने, सुदखोरहरूको सम्पत्ति छानबिन गर्ने, मानसिक प्रताडना तथा हिंसाको कारण ज्यान गुमाएका ऋणीका परिवारलाई राहत तथा क्षतिपूर्ति भराउने उल्लेख थियाे।


त्यस्तै साँवाब्याज चुक्ता गर्दा वा गर्न तयार हुँदा पनि जग्गा फिर्ता नगरेको पुष्टि हुन आएमा जग्गा फिर्ता गर्न अन्तरनिकाय समन्वय गर्नेलगायत सहमति भएको थियो । सम्झौता अनुसार सरकारले काम नगरेको पीडितहरुको गुनासो छ । 

Advertisement

सम्बन्धित खबर