Friday Jan 09, 2026


कोशी र गण्डकी प्रदेशमा वर्षा हुने

Image
१९ चैत २०७९, आइतवार
Avatar
नेपालि खबर

काठमाडाैं । हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहेको छ।


आइतबार बिहान देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेकाे छ । साथै बाँकी भू-भागमा भने आंशिक बदली रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।


आइतबार दिउँसो भने कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुने भएकाे छ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ। त्यस्तै, कोशी प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरुमा मेघगर्जन-चट्याङ्गसहित हल्का-क्षणिक वर्षाको सम्भावना रहेको छ।


आइतबार राति भने देशको पहाडी भू-भागमा आंशिक बदली हुने भएकाे छ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहने छ। त्यस्तै, कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का-क्षणिक वर्षाको सम्भावना भएकाे महाशाखाले जनाएकाे छ ।

Advertisement

सम्बन्धित खबर