Saturday Jun 06, 2026


आज घोडे जात्रा मनाइँदै: काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा

Image
७ चैत २०७९, मङ्गलवार
Avatar
नेपालि खबर

काठमाडौँ । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडे जात्रा पर्व आज विभिन्न कार्यक्रम आयोजना गरी काठमाडौँ उपत्यकामा परम्परागत रूपमा मनाइँदै छ ।


जनविश्वासअनुसार टुँडिखेलको पूर्व दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भनिने राक्षसले सहरका बालबालिकालाई खाने गरेको जनविश्वास छ ।



पीडित स्थानीयवासीले विभिन्न उपायले राक्षसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्न सक्ने भय जनतामा रह्यो ।


यसैकारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडे जात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिन्छ । यसो गर्दा गुरुमापाको आत्माले स्थानीयलाई दुःख दिँदैन भन्ने जनविश्वास रहिआएको छ ।


त्यस्तै, ‘सहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस्’ भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई एक मुरी चामलको भात र राँगाको मासु दिइन्छ । आजको दिन जंगबहादुरको घोडा किन्न जाने ठट्टा पनि गरिन्छ ।


नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायत प्रदर्शन गरिन्छ । आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर जात्रा मनाउने परम्परा रही आएको छ ।


यस अवसरमा सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा पनि दिएको छ ।

Advertisement

सम्बन्धित खबर