Tuesday Apr 21, 2026


आईसीसी विश्वकप क्रिकेट लिग २: प्रधानमन्त्री पनि क्रिकेट हेर्न किर्तिपुरमा

Image
२ चैत २०७९, बिहिवार
Avatar
खेलकूद ब्युरो

काठमाडौं–नेपालले आजकै दिन ९ वर्षअघि बंगलादेशमा सम्पन्न आइसिसी टि२० विश्वकपमा हङकङसँग खेल्दै डेब्यू गरेको थियो । २०१४ मार्च १६ मा नेपालले विश्वकपमा डेब्यू गर्दै सानदार प्रदर्शन गरेको थियो।



पहिलो चरणको समूह ए मा रहेको नेपालले जहुर अहमेद चौधरी क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४९ रन बनाएको थियो । नेपालका ज्ञानेन्द्र मल्ल ४८ र पारस खड्काले ४१ रन बनाएका थिए ।


जितको लागि १ सय ५० रनको विजयी लक्ष्य पछ्याएको हङकङ १७ ओभरमा ६९ रनमा अल आउट भएको थियो । नेपालका बसन्त रेग्मी र शक्ति गौचनले तीन तीन विकेट लिएका थिए । सोमपाल कामीले दुई, पारस खड्का र जितेन्द्र मुखियाले एक एक विकेट लिएका थिए ।


नेपाल दोस्रो खेलमा बंगलादेशसँग ८ विकेटले पराजित भएको थियो । तेस्रो खेलमा अफगानिस्तानलाई ९ रनले हराएको थियो । नेट रनरेटको कारण बंगलादेश शीर्ष स्थानम रहँदै सुपर १० मा स्थान बनाएको थियो । त्यसपछि भने नेपालले टि-२० विश्वकप खेल्न सकेको छैन ।



ग्लोबल छनोट र एसिया क्षेत्र छनोटबाट बाहिरिदै आएको छ । मार्च १६ नेपाली क्रिकेटको लागि ऐतिहासिक दिन हो । इतिहास रचेको दिनमा नेपालले आज अर्को महत्वपूर्ण खेल खेल्दैछ । आज पनि नेपालले नयाँ इतिहास रच्ने अपेक्षा गरिएको छ ।


नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा आज युनाइटेड अरव इमिरेट्स (युएई) सँग खेल्दैछ । घरेलु टोली नेपालले आज युएईलाई पराजित गर्न सके जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा सोझै खेल्न पाउछ।


यदि पराजित भएमा यसै महिना अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ। वर्षा वा कुनै कारण खेलको नतिजा नआए र अंक बाँड्नु परेमा नेपालले सोझै विश्वकप छनोट खेल्ने अवसर गुमाउनेछ ।


सोझै विश्वकप छनोटको अवसर गुमाएमा नेपालले यसै महिना अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफमा शीर्ष दुईमा पर्नुपर्ने हुन्छ । नेपाल घरेलु मैदान र दर्शकको फाइदा उठाउँदै सानदार जित हात पार्ने सोचमा हुनेछ ।


टियुमा भरिभराउ दर्शक

आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा नेपाल र युएईबीचको खेल सुरु हुनुअघिनै टियु मैदान भरिई सकेको थियो। टियुमा लगभग मैदानभित्र दर्शकले सबै भरिएको छ । बिहान ७ : ४५ मा गेट खोलिएको थियो ।


मैदान भित्र र बाहिर ठूलो भिड छ । सुरक्षाकर्मीलाई सुरक्षा दिननै कठिन अवस्थाछ । धेरै पटक समर्थक गेट तोडेर मैदान प्रवेश गरि सकेका छन् । केहि दर्शक पर्खाल नाघेर मैदान छिरेका छन् ।


देशभरको कुनाकुनाबाट दर्शकआएपछि पुरै भोरिएको छ । दर्शकहरु टियुमैदानमा पञ्चेबाजा, नेपालको झण्डा, ब्यानर, बाजागाजासहित मैदान आइपुगेका छन् । मैदान भित्र लगभग पुरै भोरिदा बाहिर पनि त्यतिनै समर्थक छन् । बुधबार नै ११ हजार टिकट बिक्री भएको थियो । त्यसैले बिहान देखिनै टिकट बेचिएको थिएन ।


टियु मैदानमा भएको टसमा युएईका कप्तान मोहम्मद वासिमले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्ड पनि खेल हेर्न टियु आएका छन् ।



नेपालले आज एक परिवर्तन गरेको छ । करण केसीको स्थानमा गुलशन झालाई मौका दिएको छ । टोलीमा अन्य कुनैपरिवर्तन छैन । नेपाल यस खेलमा विजयी भएमा सोझै आगमी जुन जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट खेल्न पाउनेछ ।


घरेलु टोली नेपालले आज युएईलाई पराजित गर्न सके जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा सोझै खेल्न पाउछ। यदि पराजित भएमा यसै महिना अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ।


वर्षा वा कुनै कारण खेलको नतिजा नआए र अंक बाँड्नु परेमा नेपालले सोझै विश्वकप छनोट खेल्ने अवसर गुमाउनेछ। नेपाल ३५ खेलमा १८ मा जित र १५ मा हारसहित ३८ अंकका साथ चौथो स्थानमा छ।


नामिबिया ३६ खेलमा १९ मा जित र १६ मा हारसहित ३९ अंकका साथ तेस्रो स्थानमा छ। कुनै कारण खेल नतिजा विहीन हुँदै अंक बाँड्नु पर्ने अवस्था आए नेपाल र नामिबिया दुवैको ३९–३९ हुनेछ। नामिबिया सर्वाधिक जित प्रतिशतको कारण सोझै विश्वकप छनोटमा पुग्नेछ।



युएई ३५ खेलमा १५ जित र १७ हारसहित ३३ अंकका साथ छैटौं स्थानमा छ। युएईले शीर्ष पाँचमा रहदै सोझै ओडिआई मान्यता अवसर गुमाई सकेकोछ।


युएईले यसै महिना अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफमा जर्सी र क्यानडालाई पछि पार्न सके आगमी चार वर्षको लागि ओडिआई मान्यता प्राप्त गर्नेछ । अन्यथा युएईको ओडिआई मान्यता गुम्नेछ । युएई जिम्बावेमा हुने विश्वकप छनोट खेल्न प्लेअफमा शीर्ष दुईमा पर्नुपर्ने हुन्छ।


नेपालको प्लेइङ ११ :


आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल कप्तान, भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, गुलशन झा, सन्दीप लामिछाने र ललितनारायण राजवंशी ।

Advertisement

सम्बन्धित खबर