Wednesday Sep 09, 2026


जुम्ला र मुगुमा विनासकारी भूकम्प आउने हल्ला फैलियोः अधिकांश नागरिक रातभर घर बाहिर

Image
१६ माघ २०७९, सोमवार
Avatar
नेपालि खबर

सुर्खेत । जुम्ला र मुगुमा भूकम्प आउँछ भनेर हल्ला फैलाए पछि  स्थानीय बासिन्दा रातभर जाग्राम बसेका छन् । अत्याधीक चिसो तथा हिमपातको अवस्थामा पनि नागरिकले घर छाडेका हुन् । उनीहरुले घर बाहिर बसेरै रात बिताएका छन् । जुम्ला सदरमुकामका केही बासिन्दा घर बाहिर निस्केर आगो तापेर बसेको र जिल्लाभर हल्ला फैलिएको समाचार पछि  प्रहरीले भूकम्पको हल्ला फैलाउनेको खोजी सुरु गरेको छ । 

जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले भूकम्प आउँदै छ भनेर हल्ला फैलाउँदा स्थानीय बासिन्दाले दुःख पाएको र हल्ला फैल्याउनेको खोजीका लागि प्रहरी परिचालन गरिएको बताएका छन् ।  

यस्तो भ्रामक हल्ला फैलाउनेलाई कारबाही हुने बताउनु प्रशासनले चेतावनी दिएको छ । भूकम्प आउने पूर्व अनुमान पहिला नै गर्न नसकिने हुँदा यस्ता हल्लाको पछि नलाग्न प्रहरी प्रशासनले स्थानीय रेडीयो र सामाजिक सञ्जाल मार्फत आग्रह गरिरहेको हाम्रा सहकर्मीले जनाएका छन् । 

‘भूकम्प आउँदै छ भन्ने हल्लाका कारण जिल्ला प्रशासन कार्यालयमा समेत फोन आइरहेको छ’ उनले भने,  ‘रातभर फोन आएर हैरान भएको छ, यसरी अनावश्यक हल्ला चलाएर दुस्ख दिनेलाई कारबाही हुन्छ, हल्ला फैलाउनेको खोजी भइरहेको छ । ’

कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय विपद् व्यवस्थापन शाखा प्रमुख कृष्णबहादुर रोकायाले पनि हल्ला फैलाउने व्यक्तिको खोजी भइरहेको र उनिहरुलाई कारवाहिको दायरामा ल्याईने प्रतिवद्धता जनाएका छन् ।

Advertisement

सम्बन्धित खबर