Tuesday Apr 21, 2026


सोमबारबाट मौसम खरावः पश्चिमी क्षेत्रमा वर्षा र हिमपात हुने

Image
८ माघ २०७९, आइतवार
Avatar
नेपालि खबर

माठमाडौ । लामो समयदेखि हुन नसकेको बर्षा गराउने वायुको प्रभाव नेपालमा देखिन थालेको छ । देशका धेरै ठाउँको मौसम आज सामान्यतया सफा नै रहने अनुमान गरिएको छ । मौसमविद् गंगा नगरकोटीका अनुसार आज सबैजसो क्षेत्रमा घाम लाग्ने सम्भावना छ ।

तराईका जिल्लामा अहिले हुस्सु कुहिरो लागे पनि बिस्तारै हट्दै जाने सम्भावना रहेको उहाँले बताउनुभयो । आज देशका धेरैजसो ठाउँको मौसम सफा रहे पनि भोलि रातिदेखि भने पश्चिमी क्षेत्रमा वर्षा र हिमपातको अनुमान गरिएको छ। पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुने अनुमान रहेकाले भोलि रातिदेखि वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् नगरकोटीले बताउनुभयो ।

यो प्रणालीको प्रभाव पर्सिसम्म नै पर्ने मौसमविद् नगरकोटीले बताउनुभयो । उहाँका अनुसार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ ।


यस्तै, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली जिल्लामा हिमपात हुने उहाँले बताउनुभयो । यसपालिको हिउँदमा अहिलेसम्म पानी परेको छैन । यसले सुक्खापन बढाएको छ भने हिउँदो कृषि बालीमा पनि असर परेको छ । 

यसैबीच अत्याधीक चिसोसँगै, अत्यधिक चिसोका कारण जिल्लाको खुम्बु क्षेत्रमा पानी जम्न थालेको छ।

चिसो बढेसँगै यो क्षेत्रको तापक्रम घटेर माइनस १० डिग्री सेल्सियससम्म पुगेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले बताए।

चिसोका कारण पाइपमै पानी जम्न थालेको र दिउँसो घाम लाग्दासमेत जमेको पानी नपग्लिँदा खुम्बुवासीको दैनन्दिन कष्टकर बनेको स्थानीय दामु शेर्पाले बताए। उनका अनुसार खुम्बु क्षेत्रमा खानेतेलदेखि घरभित्र भरेर राखेको पानीसमेत जमेर ढिक्काजस्तै हुने गरेको छ। यसका कारण पिउने पानी आपूर्तिमा समस्या भएको छ।

खुम्बु क्षेत्रका अधिकांश होटल व्यवसायी र केही नागरिक यतिखेर जाडो छल्न जिल्ला बाहिर छन् । अत्यधिक चिसो हुने भएकाले खुम्बुका धेरैजसो नागरिक चिसो छल्न जिल्ला बाहिर जाने गरेका छन् । चिसोकै कारण पालिकाभित्र रहेका १७  विद्यालयमध्ये १४ विद्यालय बन्द छ।

यो पटक हिउँ नपरे पनि उच्च हिमाली क्षेत्र भएकाले चिसोका कारण पानी जम्न थालेपछि खुम्बुवासीको दैनिकी कष्टकर बनेको स्थानीय तोया श्रेष्ठको भनाइ छ ।

Advertisement

सम्बन्धित खबर