Tuesday Apr 21, 2026


सरकारले मिटरब्याजी पीडितसँग आज वार्ता गर्दै

Image
१६ चैत २०७९, बिहिवार
Avatar
नेपालि खबर

काठमाडौं । सरकारले मिटरब्याजी पीडितहरुसँग आज (बिहीबार) वार्ता गर्ने भएको छ । गृह मन्त्रालयका सह-सचिव नेतृत्वको समितिले पीडितलाई वार्ताका लागि बोलाएको हो ।


गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्माले मिटरब्याज पीडितहरुलाई बिहान १० बजे सिंहदरबारमा बोलाइएको जानकारी दिइन् । ११ दिन हिँडेर काठमाडौं आएका पीडितहरुले बुधबार दिनभर वार्ताको तयारी गर्दै बिताए ।


मिटरब्याज पीडित अधिकांशमा स्वास्थ्य समस्या देखिएको छ । निरन्तरको हिँडाइ र थकानले उनीहरुको स्वास्थ्य बिग्रिएको हो । आफूहरुका समस्या समाधानका लागि सरकार खोज्दै आएका पीडितहरु माग पूरा नभएसम्म घर नफर्कने अडानमा छन् ।


यस्तै मिटरब्याजबाट पीडितहरुको समस्याबारे संसद्‌मा आवाज उठेको छ । सांसदहरुले मिटरब्याजी पीडितको मुद्दा सम्बोधन गर्न सरकारले आलटाल गरेको आरोप लगाएका छन् ।


प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरुले मिटरब्याजी पीडितहरुको मागलाई सम्बोधन गर्न सरकार गम्भीर नभएको आरोप लगाएका हुन् । बैंकहरुकै कारण किसानहरु मिटरब्याजीको फन्दामा परेको सांसद कांग्रेस प्रदीप पौडेलले बताए ।


मधेस प्रदेशका मिटरब्याजी पीडित ११ दिन पैदल हिँडेर संघीय राजधानी आउँदासमेत सरकारले चासो नदिएको सांसदहरुको आरोप थियो ।

Advertisement

सम्बन्धित खबर