Saturday Jun 06, 2026


दुरदराजका बालबालीकाको भविश्यमा यत्रो खेलवाड

Image
२७ माघ २०७९, शुक्रवार
Avatar
हाम्रो 4

मुगु । मुगुस्थित प्रभात माध्यमीक बिधालयमा शिक्षक नहुदा ६०८ जना बिद्यार्थीको पढाई प्रभावित भएको छ ।

मुगु जिल्लाको छायानाथ रारा नगरपालिका वर्डा ११ रोवामा रहेको प्रभात माध्यमिक बिधालयमा दरबन्दी अनुसार  शिक्षक नहुँदा बिद्यार्थीको पठपाठन प्रभावित भएको हो । इसिडि देखि कक्षा १२ सम्म ६०८ जना बिद्यार्थीहरु भएको बिधालयमा शिक्षक संख्या ३ स्थायी र १५ अस्थाइ गरि १८ जना शिक्षक रहेका छन् । तर, अहिले ९ जना मात्र शिक्षक बिधालयमा उपस्थिति हुने गरेका छन् । प्रधानाध्यापक र दुई जना शिक्षक घर बिदामा छन् भने अन्य ५ जना शिक्षक शिक्षा आयोगको तयारीमा रहेका छन् । शिक्षक अभाव हुदा  कक्षा ७ र ८ मा बहु कक्षा शिक्षण भैरहेको छ भने  कक्षा ९ र १० मा जम्मा ३ विषय मात्र पढाई हुने बिद्यार्थीको भनाई छ । अन्तिम परिक्षा नजिक आईरहे पनि  बिधालयमा शिक्षक नहुँदा बिद्यार्थीहरु बिधालय आउन छोडेका छन् ।


बस्ने र खाने ठाँउ नहुदा उक्त बिधालय जाने र १ घन्टामै निराश भएर आफ्ना छोराछोरी घर फर्किन बाध्य भएको अभिभाबकको गुनासो छ । पढाइ नभएपनि  बिद्यार्थीबाट ट्युसनको नाममा १ हजार लिने गरेको शिक्षकलाई अभिभावकको आरोप छ ।

शिक्षक नभएको कारण आफ्ना बालबालिकाको पढाइ प्रभावित भएपछि कतिपय अभिभावक भने आफ्ना बालबालिकालाई  अन्य ठाँउमा पढ्न पठाएका छन ।

बिधालयको शैक्षिक अवस्था माथी उठाउन सम्बन्धि निकायका सरोकार वाला भने मौन छन् । उक्त बिधालयमा निमित्त प्रधानाध्यापकको जिम्मेवारि पनि कसैलाई दिइएको छैन । हालसम्म बिद्यालयमा नयाँ  व्यवस्थापन समिती पनि चयन गर्न सम्म पनि सकिको छैन ।

Advertisement

सम्बन्धित खबर