काठमाडौ ।नेपालमा स्थानीय वायुसँगै पश्चिमी वायुको पनि प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केहि स्थानहरूमा मेघ गर्जनसहित वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाले पहाडी भू-भाग र तराई भू-भागका थोरै स्थानहरुमा चट्याङ्ग/हावा-हुरी/असिनासहित वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।
मंगलबार दिउँसो सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन /चट्याङ्ग/हावा-हुरी/असिनासहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ।
राती पहाडी भू-भाग तथा तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन / चट्याङ्ग/हावा-हुरी/असिनासहित मध्यम वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार बुधबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
बिहिबार देशका पहाडी भुभागका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।
Copyright ©2022 demonews. | Designed By TShubrat Upadhyay