Friday Jan 09, 2026



वाग्मती विशेष

srticle.jpg

उकालो चढ्दै चिसो छल्न औल झरेका भेडी गोठी (फोटोफिचर)

April 9, 2023
Avatar
AIuthor 5
जुम्लाका प्राय भेडा गोठालाहरु आफ्नो नाम लेख्न सक्छन् तर, उनीहरु मध्ये प्रायले स्कुलस्तरीय शिक्षा हाँसिल गरेका छैनन् । केही वर्ष स्कुल गएका उनीहरु जब मेलो धान्न सक्ने भए, घरका मान्छेलाई सघाउने हेतुले केही दिन भेडा गोठालो भए । भेडा गोठालोमा टक बस्दै गयो । स्कुल फर्किएनन्, भेडिगोठमै रमाए । अहिले भेडा गोठालोबाटै परिवार पालिरहेका छन् ।जुम्लाको ग्रामिण भेगमा बढि भेडा पालन हुने हँुदा अझै पनि धेरै वालवालिका विद्यालयको पहुँच बाहिर छन् । भेडा गोठालाहरु हिउँदमा बेंसीका फाँट र गर्मी याममा हिमालको काखका बुकीमा पुग्छन् । चाडपर्व, झरी, बादल, हिमपात भेडि...