कर्णालीमा बदलिएको समिकरणः मुख्यमन्त्री शर्मा अलमलमा
सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि गत शुक्रबार मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश सभाबाट दोस्रो पटक विश्वासको मत लिए ।प्रदेश सभाको नवौं बैठकबाट राप्रपा बाहेक कांग्रेस, एमाले, एकीकृत समाजवादी र एक स्वतन्त सहित ३८ सांसदले विश्वासको मत दिए । ४० सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री शर्माले सर्वाधिक ९७ प्रतिशत बढी मत पाए ।सोही दिन प्रदेश सभाबाट बाहिरिँदै गर्दा मुख्यमन्त्री शर्माले कांग्रेस संसदीय दलका नेता जीवन बहादुर शाहीलाई भने, ‘जीवन जी, कांग्रेस, एमाले दुवैलाई मिलाएर सरकारमा...