भारतको ओडिसामा पुलिसले गरे स्वास्थ्यमन्त्रीको हत्या
January 30, 2023
नेपालि खबर
एजेन्सी । भारतको ओडिसाका स्वास्थ्यमन्त्री नवकिशोर दासलाई प्रहरीका असिस्टेन्ट सबइन्स्पेक्टरले गोली हानी हत्या गरेका छन्। सार्वजनिक कार्यक्रममा भाग लिन झारसुगुडा जिल्ला पुगेका मन्त्री दासलाई गाडीबाट ओर्लिने क्रममा सबइन्स्पेक्टर गोपाल दासले छातीमा गोली हानेका थिए। घाइते उनलाई उपचारका क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। गोली हान्ने प्रहरी पक्राउ परेका छन् । उनी सोधपुछ जारी रहे पनि घटनाको कारण बाहिर आइसकेको छैन। प्रधानमन्त्री नरेन्द्र मोदी र ओडिसाका मुख्यमन्त्री नवीन पटनायकसहितका नेताहरूले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।