रित्तिँदै सरकारी ढुकुटीः सरकारी खर्च र आम्दानीको अन्तर डेढ खर्ब नाघ्यो
March 16, 2023
आर्थिक ब्युरो
काठमाडौ।सरकारी खर्च र आम्दानीको अन्तर डेढ खर्ब नाघेको छ। आयात प्रतिबन्धका कारण राजस्व घट्ने क्रमले निरन्तरता पाउँदा सरकारले आम्दानीभन्दा १ खर्ब ५६ अर्ब ४५ करोड रुपैयाँ खर्च गरेको हो। राज्यको ढुकुटीमा जम्मा रकम यस्तो अवस्थामा खर्च गर्ने गरिएको छ।असोजदेखि घाटामा चलेकामा फागुनसम्म आइपुग्दा अन्तर थेग्नै नसक्ने अवस्थामा पुगेको छ। असोजमा आम्दानीभन्दा ४६ अर्ब रुपैयाँ बढी खर्च भएको थियो। माघसम्म बढेर १ खर्ब १३ अर्ब पुगेको थियो। फागुनमा बजेट घाटा ४३ अर्बले बढेको हो। महालेखा नियन्त्रक कार्यालयका अनुसार फागुन मसान्तसम्म सरकारले ७ खर्ब ७९ अर्ब २३ करोड...