बोझ बन्दै प्रदेश संरचनाः बागमती प्रदेशमा खर्च उच्चः आम्दानी न्युन
January 31, 2023
नेपालि खबर
प्रदेश ब्युरो । चालू आवको ६ महिनामा बागमती प्रदेश सरकारको खर्च बढेको छ भने आम्दानी घटेको छ। गत आवको यही अवधिको तुलनामा चालू आव ०७९/८० को ६ महिनामा प्रदेश सरकारको खर्च बढ्दा आम्दानी भने घटेको हो।प्रदेश लेखा नियन्त्रक कार्यालयले दिएको जानकारीअनुसार पुस मसान्तसम्म सरकारको बजेट खर्च १५ दशमलव ७८ प्रतिशत रहेको छ। चालू आवमा ७० अर्ब ९३ करोड ९२ लाख ९१ हजार रूपैयाँको बजेट ल्याएको प्रदेश सरकारले ६ महिनामा ११ अर्ब १९ करोड ६७ लाख ८० हजार ४ सय २२ रूपैयाँ खर्च गरेको छ।यही ६ महिनाको अवधिमा सरकारले १६ अर्ब १५ करोड रूपैयाँ राजश्व संकलन गरेको छ। चालू आवको ६...