गोविन्द बन्दी नपर्दा प्रधानमन्त्रीले रोके परराष्ट्रमन्त्रीको जेनेभा भ्रमण
February 27, 2023
नेपालि खबर
काठमाडौ । फागुन ४ गतेको मन्त्रिपरिषद् बैठकमा परराष्ट्र मन्त्रालयले मन्त्री पौड्यालको जेनेभा भ्रमण सम्बन्धी प्रस्ताव लगेको थियो। त्यसलाई मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको थियो।मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ, ‘२०७९ फागुन १५ देखि १८ गतेसम्म स्विट्जरल्यान्डको जेनेभामा आयोजना हुने संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५२औं सत्रमा माननीय परराष्ट्रमन्त्रीको नेतृत्वको प्रतिनिधिमण्डललाई भाग लिन स्वीकृति दिने।’मन्त्रिपरिषद् बैठकमा परराष्ट्र मन्त्रालयको प्रस्तावमाथि निर्णय गर्दा प्रधानमन्त्री दाहालले ‘को–को जाँदै छन्’ भनेर सोधेका थिए। बैठकम...