Wednesday Sep 09, 2026



राजनीति

srticle.jpg

बारा–२ मा कांग्रेसले उम्मेदवारी नदिनेः उपेन्द्र यादवलाई सघाउने

April 2, 2023
Avatar
नेपालि खबर
काठमाडौं : नेपाली कांग्रेसले बारा–२ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सघाउने निर्णय गरेको छ। आइतबार सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वैशाख १० गते हुने उपनिर्वाचनमा बारा–२ मा अध्यक्ष यादवलाई सघाउने निर्णय गरेको सहमहामन्त्री जीवन परियारले जानकारी दिए। कांग्रेसले तनहुँ–१ मा गोविन्द भट्टराई र चितवन–२ मा जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ। तर, सत्ता गठबन्धन दलको हैसियतले अध्यक्ष यादवलाई सहयोग गर्ने निर्णय कांग्रेसले गरेको हो। वैशाख १० गतेको उपनिर्वाचनमा तनहुँ–१ मा कांग्रेसका भट्टराई, एमालेका स...