एमसीसीद्वारा धादिङ, पाल्पा र तनहुँमा जग्गा प्राप्ति सुरु (सूचना सहित)
March 7, 2023
आर्थिक ब्युरो
काठमाडौँ । नेपाल सरकार र मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसीए-नेपाल) द्वारा सञ्चालित विद्युत् प्रसारण आयोजनाका लागि धादिङ, पाल्पा र तनहुँमा जग्गा प्राप्तिसम्बन्धी प्रारम्भिक कारबाहीको सूचना प्रकाशित गरिएको छ । यी तीन जिल्लाभित्र पर्ने विद्युत् प्रसारण लाइनको टावरको जग निर्माण प्रयोजनका लागि आयोजनालाई आवश्यक पर्ने जग्गा प्राप्त गर्न सूचना प्रकाशित गरिएको हो ।यसका लागि विभिन्न नगरपालिका र गाउँपालिका र वडाहरूमा पर्ने जग्गाहरू प्राप्त गर्न जग्गा प्राप्ति ऐन, २०३४ को दफा ६(१) अनुसार यो प्रारम्भिक कारबाहीको सूचना प्रकाशित गरिएको ज...